प्रहरी चौकीका लागि जग्गा दान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी चौकीका लागि जग्गा दान


२२ माघ २०७५, मंगलबार


अछाम । जिल्ला प्रहरी कार्यालय अछामअन्तर्गत अस्थायी प्रहरी पोष्ट बेलखेतका लागि एक स्थानीयवासीले नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गरेका छन्।

पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीयवासी डम्मरबहादुर शाहीले प्रहरी चौकीका लागि जग्गा दान गरी जिल्ला प्रहरी कार्यालय अछामको नाममा नामसारी गरेको छ ।

शाहीले जिल्ला प्रहरी कार्यालय अछाममै पुगेर जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अस्थायी प्रहरी पोष्ट स्थापना भएको ठाउँमै प्रहरी जग्गा प्राप्त भएपछि आफूहरुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

जग्गा भएपछि भविष्यमा प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई रकम माग गर्न पनि सजिलो भएको शाहीको भनाइ छ । उनका अनुसार जिल्लाभरिका छ बाहेक सबै प्रहरी चौकी असुरक्षित भाडाका घरमा बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस