९ थान सुन जस्तो देखिने बाला सहित ६ जना पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

९ थान सुन जस्तो देखिने बाला सहित ६ जना पक्राउ


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाण्डौं । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले ९ थान सुन जस्तो देखिने बाला सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराह लोहरपट्टी नगरपालिका -४ का ३९ बर्षीय गौरीशंकर यादव, सिराह कल्याणपुर नगरपालिका-६ का ३५ वर्षीय सुरेश प्रसाद यादव, धनुषा हंसपुर नगरपालिका-६ का ३२ वर्षीय शम्भु कुमार साह, महोत्तरी इनरुवा गाउँपालिका-९ का ४७ बर्षीय रामविर यादव, धनुषा लक्षुमनीया गाउँपालिका-१ का ४९ वर्षीय शिव शंकर यादव र महोत्तरी इनरुवा गाउँपालिका-९ का २९ वर्षीय सुनिल पण्डितलाई पक्राउ गरेको छ ।

उनीहरूलाई यहि माघ ९ गते बेलुका १७स्३० बजे काठमाण्डौ महानगरपालिका ९ एन्जल गेष्ट हाउस र पिंगला स्थानबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले ९ थान सुन जस्तो देखिने बाला ९४५० ग्राम० बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस