प्रधान सेनापति थापा स्वदेश फिर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधान सेनापति थापा स्वदेश फिर्ता


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पौष २७ गते भारत प्रस्थान गरेका थापा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरवाट भारतको लखनउबाट अपरान्ह स्वदेश फिर्ता भएका हुन् ।

 

 

प्रधानसेनापति थापालाई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थितिमा थापाको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानसेनापति थापालाई पौष २८ मा भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल विपिन रावतसँग भेट गर्नुको साथै न्यु दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ वेष्टर्न कमान्ड र लखनउस्थित सेन्ट्रल कमाण्डको मुख्यालयहरूको निरीक्षण भ्रमण समेत गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउने विश्वास लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस