ऊर्जा सचिव उपाध्यायद्वारा पदबाट राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ऊर्जा सचिव उपाध्यायद्वारा पदबाट राजीनामा


प्रशासन विशेष ब्युरो

२० मंसिर २०७५, बिहिबार


सचिव

काठमाडौं । नेपाल सरकारका सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी फागुनमा अनिवार्य अवकास हुन लागेका उपाध्यायको दुई दिन अघि राजीनामा स्वीकृत भएको छ ।

लामो समयदेखि उर्जा मन्त्रालयमा रहेका उपाध्यायले पहिलो पटक गठन हुन लागेको विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ ।

लोडसेडिङ हटाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सचिव उपाध्यायले तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई नजिकबाट सघाएका थिए । सञ्चालक समितिको अध्यक्षमा रहँदा प्राधिकरणलाई उचित व्यवस्थापन तथा नाफामा लैजान सफल उपाध्याय सालिन सचिवका रुपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस