सरकारको नौ महीनाको गतिविधिले जनता निरास : राप्रपा अध्यक्ष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारको नौ महीनाको गतिविधिले जनता निरास : राप्रपा अध्यक्ष


२० मंसिर २०७५, बिहिबार


जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारका नौ महिनाको गतिविधि निराशाजनक रहेको बताएका छन् । उनले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको समेत बताए ।

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावानप्रति प्रहार भएको बताए ।

उनले सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको बताए ।

विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले जनाए ।

जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौं केन्द्रित हुने उल्लख गर्दै जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस