३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित

अ+ अ-

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि औषधि सेवन छोडनु भएको छ । आफ्नो रोग निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने उनी जिद्दी गर्छन् ।

एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ । धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्ल भन्छन् “एक महिलाले २४ महीनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण उनको छिट्टै मृत्यु भएको उनको जिकिर छ । वि.सं. २०६२ मा पहिलो पटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुल्ला बनेकी कमला भन्छिन्, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”

पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा गिरीस अवस्थी बताउँछन्। “लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो”, डा. अवस्थीले भन्छन्, “लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।” सोही अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्र पनि सङ्क्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै सेवन गर्न छाड्ने बताउँछन् । “लगातार औषधि सेबनले साइड इफेक्ट हुन्छ भन्ने बुझाइ रहेको छ”, डा. मिश्र भन्छन्, “तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।”

जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मी जानकारी दिन्छन् । विश्व एड्स दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल ७६४ सङ्क्रमितमध्ये १५१ को मृत्यु भइसकेको बताउँदै उनी ६० जनालाई जिल्ला बाहिर सिफारिश गरिएको छ । ‘एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऊँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीमध्ये आठ जनाको एचआइभी परीक्षण गरिएकामा कसैमा पनि सङ्क्रमण देखिएको थिएन । रासस

प्रतिक्रिया दिनुहोस