आफ्नै साथीको हत्या अभियोगमा छ पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफ्नै साथीको हत्या अभियोगमा छ पक्राउ


१८ मंसिर २०७५, मंगलबार


पक्राउ

सुनसरी । आफ्नै साथीको हत्या अभियोगमा छ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका –१७ उदयटोल बस्ने १७ वर्षीय आशिष ठटालको हत्या अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय कोमल गुरुङसहित छ जना छन् ।

मंसिर ७ गते राति आशिष सहित ७ जना स्थानीय जंगलमा शिकार खेल्न गएकोमा ६ जना घर फर्कि आएको र आशिष नफर्के पछि आफन्तले मंसिर १६ गते ईलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए । तत् पश्चात प्रहरीले शिकार खेल्न गएका कोमल समेत ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले आशिषको हत्या गरी सोही ठाउँस्थित खाल्डोमा पुरेको खुल्न आएको हो ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस