३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारले सहयोग नगरेको एचआईभी संक्रमितहरुको गुनासो

अ+ अ-

डोटी । देश संघीयतामा गई स्थानीय सरकार घरदैलोमा पुगेपनि स्थानीय सरकारले एचआईभी संक्रमितहरुलाई सहयोग गर्न नसकेको संक्रमितहरुले गुनासो गरेका छन् ।

विश्व एड्स दिवसको अवसरमा शनिबार जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सरोकारवाला सँगको अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती समेत रहेकी संक्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआईभी संक्रमितको संख्या बढ्दो छ तर स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको देखिन्न । स्थानीय सरकारसँग हामीले प्रस्ताब लिएर जादा तपाईहरु त डलरको खेती गर्न सक्ने हामी के सहयोग गर्न सक्छौ भनेर उल्टै जवाफ दिने गरेको समेत बताईन् । उनले भनिन् “हामीत संक्रमीत भईसकेका छौ अब हाम्रो लागि नभएपनि हाम्रा छोरा छोरीहरुको भविश्यको लागि भएपनि स्थानीय सरकारले सोच्नुपर्छ, सक्रमीतहरुको लागि विशेष कार्यक्रम बनाउनु पर्छ ।” संक्रमीतहरु पनि स्वास्थ्य संस्थाबाट औषधी लगेर जान्छन् तर घरमा लगेर थन्काईदिन्छन् एक महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाईयो औषधी सेवन नगरेकै कारण ति महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ ।

पछिल्लो समयमा संक्रमीतहरु पनि औषधी खान नमान्ने यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीस अवस्थी बताउँछन् । “लगातार औषधी खाएपछि कमजोर भईन्छ भन्ने मानसिकता रहेको पाईयो” डा अवस्थीले भने ‘लगातार औषधीको सेवन गर्न झण्झट मान्ने रहेछन् ।”

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए । “लगातार औषधी साईड ईफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ” डा मिश्र भन्छन् ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’

‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागिमध्ये आठ जनाको एचआईभी परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये कसैलाई पनि एचआईभीको संक्रमण नदेखिएको डा मिश्रले बताए ।

डोटीमा ५ सय ३० जना एआरटी सेवन गरिरहेका मध्ये २३ जना सम्पर्कबिहिन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिए । एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भईसकेको समेत रेग्मीले वताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । यस प्रदेशमा सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेका मलासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस