३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरघरमा आँखा जाँचसेवा

अ+ अ-

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिहेको छ ।

नपाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा प्रदान गरेको हो । बनेपा नपा–२ टुकुचा नालामा आँखा जाँच गरिरहेकी स्वास्थ्यकर्मी अप्सरा लामिछानेले नगरको १२, १३ र १४ वडामा आँखा जाँचसेवा प्रदान गरिसकिएको बताइन् ।

लामिछानेले तीन दिनमा तीन सय जनाको आँखा जाँच गरेका मध्ये १६ जनालाई रेफर गरेकी छन् । उनका अनुसार जाँच गरेपछि कमजोर तथा मोतियाविन्दु भएका आँखाका रोगीलाई मासुनागा अस्पताल रेफर गरिएको छ । नगरका घरघरमा स्थानीय स्वास्थ्य चौकीका स्वाथ्यकर्मी डोरीको दूरी बनाएर आँखा जाँच गरिरहेका छन् । बनेपा नपा–२ टुकुचा नालाकी ५२ वर्षीया कान्छी घिमिरेले घरमै आँखा जाँच गर्न पाएकामा खुशी व्यक्त गरिन् । उनले भनिन्, “घरमै आँखा जाँच्न पाउँदा खुशी छौँ, अस्पताल जान नसक्नेका लागि धेरै राम्रो ।”

नगरका सबै वडामा आँखा जाँच भइसकेपछि रिफर गरिएका सबै प्रकारका आँखा रोगीको अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता भएको छ । नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भने, “नगरका अशक्त र असहायसमेत समेटिने उद्देश्यले घरघरमा आँखा जाँचको कार्यक्रम गरेका हौँ ।” रासस

प्रतिक्रिया दिनुहोस