शिक्षकको कुटाइबाट विद्यार्थी घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते


९ मंसिर २०७५, आइतबार


काठमाडौं । जाजरकोटमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।

छेडागाड नगरपालिका –११स्थित बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी रक्ताम्य बनाएका हुन् ।

रजिस्टेशन र्फमको विषयमा प्रधानाध्यापक सिंहले कुटपिट गरेको बस्नेतले बताए ।

सिंह नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्षसमेत हुन् ।

बस्नेतले छेडागाड नगरपालिका –५ मा रहेको प्रहरी चौकी बडाबनमा प्रधानाध्यापक सिंहविरुद्ध उजुरी दिएका छन् ।

तर, शिक्षक सिंहले परिवारसँगको छलफलपछि घटना मिलिसकेको बताए । ‘हाजिरी नपुगेकोले फारम भर्न हुन्न भन्दा झर्किएपछि एक झापड हानेको हुँ । कुरा मिलिसक्यो,’ सिंहले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस