Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाढीपीडितलाई १०३ घर हस्तान्तरण


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


बाँके । बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो । सो घर निर्माणका लागि प्रतिघरमा रु ३ लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, राजनीतिक दल, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष विष्णुप्रसाद तिमिल्सेना, सञ्चारकर्मी समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियोे ।  निर्माण गरिएको घरमा पीडितहरुको परिवारको सदस्य सङ्ख्याका आधारमा वितरण गरिएको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस