राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ « प्रशासन
Logo ३१ श्रावण २०७९, मंगलबार
   

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ


९ मंसिर २०७५, आइतबार


बेत्रावती । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।

शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन भएका छन् ।

सदस्यमा जङ्गबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरि रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहेका छन् । समितिको सल्लाहकारमा यसअघिका अध्यक्ष रहेका डा। केदारनरसिंह केसीसहित तुलसीप्रसाद सिटौला, वासुदेव गुरागार्इं, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको निर्वाचन मण्डलका संयोजक रहेका पत्रकार राजन कुइँकेलले जानकारी दिए ।

नुवाकोटमा जन्मेर विभिन्न सरकारी सेवामा जिल्लाबाहिर कार्यरत कर्मचारीको साझा संस्थाका रुपमा ‘राष्ट्रसेवक कर्मचारी समाज’ स्थापना भएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस