Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कृत्रीम गर्भाधान असफल


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


कृत्रीम गर्भाधान

बुटवल । गाई तथा भैँसीमा गरिने कृत्रिम गर्भाधान बुटवलका केही कृषकका गाई तथा भैँसीमा असफल देखिएको छ ।

गाईभैँसिको ४५० रुपैयाँ शुल्क तिरेर कृत्रिम गर्भाधान गराएका कृषक असफल देखिएपछि कृत्रिम गर्भाधानका लागि आवश्यक सिमेन निःशुल्क हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिका– १६ का गोपाल पौडेलले ५५ प्रतिशत कृत्रिम गर्भाधान असफल भएको र महङगो शुल्क तिरेर कृित्रम गर्भाधान गर्दा पनि सफल नभएपछि कृषक मारमा परेको बताए ।

उनले यस बाहेक गाई तथा भैँसीमा देखिने थुनेलो लगायतका रोगले समेत कृषक मारमा परेको उल्लेख गर्दै सरकारले दिएको अनुदान वास्तविक कृषकले नपाएको गुनासो गरे । पशु चिकित्सक झविन्द्र बन्जाडेले प्राविधिकको कमी, पशु पोषण आहारको कमी र कृषकमा चेतनाको अभावले कृत्रिम गर्भाधान असफल भएको बताए ।

उपमहानगरपालिकामा गत वर्ष एक हजार ५०० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । यस वर्ष एक हजार ७०० मा कृत्रिम गर्भाधान गर्ने लक्ष्य लिइएकोमा ७०० गाई तथा भैँसीमा गर्भाधान भइसकेको छ ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आधारित भएर अनुदान दिने नीति अघि सारिएको जानकारी दिँदै पूर्व तयारी गरेर मात्रै व्यवसाय सुरु गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस