१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अढाइ वर्षदेखि चिकित्सकविहीन औषधालय, सेवाग्राही प्रभावित

अ+ अ-

जुम्ला । तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

डा. रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो । आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ ।

हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए ।

औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ । उनले भने, “न्यूनतम शुल्कमा पायल्स, घाउ, खटिराको शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डा नभएपछि त्यो काम हुन सकेको छैन ।” आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताए ।

वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । “त्यसैले चिकित्सक पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ । चिकित्सक आए सहज हुन्थ्यो”, उनले भने।

हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत् छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना चिकित्सकको पद मात्रै रिक्त छ ।

औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन् । समयमा औषधि आउँदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ । धेरैजसो कमलपित्त, श्वासप्रश्वास, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकार, छालासम्बन्धी बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । जिल्लाका सातवटै गाउँपालिका र डोल्पा मुगु, कालिकोटसम्मका बिरामी यहाँ आउने गर्छन् । रासस

प्रतिक्रिया दिनुहोस