गाउँमै नागरिकता पाउँदाको खुशी… « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गाउँमै नागरिकता पाउँदाको खुशी…


१८ कार्तिक २०७५, आइतबार


रुकुम पूर्व । भूमे गाउँपालिका– ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोका ७३ वर्षका उमेरमा नागरिकता पाएपछि खुशी छन् ।

उनी भन्छन्, “डाँडामाथिको घाम जस्तो भएको यो उमेरमा आएर नागरकिता पाउँछु, भन्ने त सोचेकै थिइन । आशै मरिसकेको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाएको थिइन । खुशी लागेको छ ।”

सजिलै हिँडडुल गर्न तथा सदरमुकामसम्म पुग्न गाह्रो भएको अवस्थामा नागरिकता घुम्ती शिविरबाट गाउँमै नागरिकता पाएका अपाङ्गता भएका व्यक्ति सूर्य बुढाले पनि खुशी व्यक्त गरे ।

भूमे गाउँपालिका– ६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एकदिने घुम्तीसेवा शिविर सञ्चालन गरिएको थियो । शिविरमार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए, जसमा महिला २४ पुरुष ११ रहेका छन् ।

गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले विकट बस्तीबाट सदरमुकाम पुग्न कम्तीमा पनि चार दिन हिँड्नुपर्ने अवस्थामा नागरिकताबाट नागरिक वञ्चित नहोऊन् भन्नाका लागि शिविरले काम गरेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस