दुईलाख भारतीय रुपैयाँसहित एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुईलाख भारतीय रुपैयाँसहित एक पक्राउ


१८ कार्तिक २०७५, आइतबार


काठमाडौं । दुईलाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपलिका – १६ रजत जयन्ती चोकबाट १९ वर्षीय रोहित कुमार शर्मालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले ५०० रुपैयाँका ४०० थान भारतीय नोट बरामद गरेको छ ।

पक्राउ गरिएका शर्मालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस