वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वाम बुद्धिजीवी नेता पद्मरत्न तुलाधरको निधन


१८ कार्तिक २०७५, आइतबार


काठमाडौं । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए।

उनी पत्रकार तथा साहित्यकार पनि थिए । स्व. तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस