३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक हस्तक्षेपले अस्पताल प्रमुख फेरिँदा स्वास्थ्य सेवा प्रभावित

अ+ अ-

बाँके । राजनीतिक हस्तक्षेपका कारण सरकारी अस्पतालमा प्रमुख फेरिँदा स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस्तै समस्याका कारण स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन

स्थापनाकालदेखि हालसम्म उक्त अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेण्टका भरमा चलिरहेको छ । बितेको १० वर्षमा भेरी अञ्चल अस्पतालमा ११ पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका छन् । स्थापनाकालदेखि अहिलेसम्म भएकामध्ये केही निमित्त मेसु स्वास्थ्य नियमावली विपरीत पनि नियुक्त भएको तथ्य खुलेको छ ।

स्वास्थ्य नियमावलीअनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्डेण्ट नियुक्ति गर्न पाउने व्यवस्था छ तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपरिटेण्डेटमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन् भने अन्य सबै निमित्त नियुक्त भएका हुन् ।

यसअघि सरकारले गत वर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै उक्त पदबाट निकालिएका छन् । अहिले उक्त स्थानमा डा. रूपानन्द अधिकारीलाई निमित्त मेसु तोकिएको छ । अहिले पनि एक वर्षदेखि भेरी अञ्चल अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ । तीनतीन महीनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामीसमेत समस्यामा पर्न थालेका छन् ।

अस्पतालको कामकारवाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । राजनीतिक खिचातानीका कारण छिटोछिटो प्रमुख फेरिने गरेको अस्पतालका कर्मचारीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस