उपसचिव केसी चढेको गाडी तोडफोड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसचिव केसी चढेको गाडी तोडफोड


१४ आश्विन २०७५, आइतबार


धनगढी । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी चढेको गाडीमा छोडफोड भएको छ ।

७ नम्बर प्रदेशका मन्त्रालयका उपसचिव केसी चढेको बा१झ ९७०३ नम्बरको जीपमा आइतबार ढुंगा प्रहार गरिएको हो ।

काठमाडौंबाट फर्किने क्रममा एरपोर्टबाट धनगढी आउने क्रममा बोराडी नजिक मोटरसाइकल सवार व्यक्तिले पछाडिबाट उनी सवार जीपमा ढुंगा प्रहार गरेको हो । आक्रमणकारीको ढुंगा लागेर जीपका सिसा फुटेको छ ।

धनगढीबाट राजधानी सारेको विरोधमा धनगढी शनिबारदेखि आम हड्ताल छ । बन्द कर्ताले बन्दको अबज्ञा गरेको भन्दै ढुंगा प्रहार गरेको हुन सक्ने बताइएको छ ।

केसी निर्मला पन्त हत्या प्रकरण छानबिन उच्चस्तरीय समितिका सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस