दशैंको लागि अग्रिम टिकट बुकिङ आजबाट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दशैंको लागि अग्रिम टिकट बुकिङ आजबाट


९ आश्विन २०७५, मंगलबार


काठमाडौं । आजबाट दशैंको लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

सोमबार बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजबाट टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट खोल्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्य बढेसँगै यातायात व्यसायीले रोकेका थिए ।

सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस