राष्ट्रियसभा बैठक : राहत उपलब्ध गराउन सरकारसँग माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा बैठक : राहत उपलब्ध गराउन सरकारसँग माग


३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । आजको राष्ट्रियसभा बैठकमा सांसदहरुले बाढीपहिरो पीडित जनताहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्माणमा तदारुकता नदेखाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस