चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


२० असार २०७५, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहेका छन् भने राजपा नेपालबाट राजकिशोर यादव छन् ।

आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस