दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड


२० असार २०७५, बुधबार


ललितपुर । व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवर्दनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ ।

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवर्दनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबर कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेका लक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठ शाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको घोषणाअनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमा अनौपचारिकरुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिक कम्पनी गरी २२ सदस्य रहेको जानकारी दिए ।

सो अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीर थापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस