प्रधानमन्त्री ओली स्वदेश फिर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१० असार २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएको छ ।

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस