पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजना पक्राउ


२४ जेष्ठ २०७५, बिहिबार


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् पोलमा अंकुश लगाई विद्युत चोरी गर्ने बीसजनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टालीले जिल्लाको विभिन्न भागबाट २० जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

उनका अनुसार पक्राउ परेकाको साथबाट पानी तान्ने तीन थान मोटर, दुई थान एलइडी टिभी र दुई थान ल्यापटपलगायतका सामान बरामद गरिएको छ ।

यता पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार १५ हजार ५०२ को दरले राजस्व तिराइएको प्राधिकरण प्रमुख साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस