पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थी संघको आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विद्यार्थी संघको आपत्ति


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं – सरकारले जनताको ढाडै सेकिने गरी दुई महिनामा लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले  मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अखिल (छैठौ)का अध्यक्ष बिमल पोखरेलद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा लगातार भइरहेको मूल्य बृद्धिको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाल आयल निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरेर सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विज्ञप्ति मार्फत माग गरिएको छ । अन्र्तराष्ट्रिय मूल्य समायोजनको नामा एकहोरो रुपमा गरिएको मूल्य बृद्धि घोर आपत्तिजनक रहेको बताइउको छ ।

यस्तै नेविसंघका अध्यक्ष नैनसिंह महरले जनताको दैनिकी र चुलो चौकोमा नै असर पर्ने गरी लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु निन्दनिय भएको बताए । उनले बहुसंख्यक जनता गरिबीको रेखामुनी रहेको देशमा सरकार व्यापारी मात्र बन्न खोज्नु सुइकार्य नहुने बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको महको आरोप छ ।

प्रतिक्रिया दिनुहोस