बसको ठक्करबाट वृद्वाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बसको ठक्करबाट वृद्वाको मृत्यु


२ जेष्ठ २०७५, बुधबार


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो ।

मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस