सरकारले तिव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार

सरकारले तिव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताएका छन् ।

प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गरेपछि उनले मधेशको विकासका लागि आफू गम्भीर रहेको र त्यस्ता कार्यक्रम ल्याउने बताए ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । ‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’

तराइको ठुलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने बताउँदै हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गरिने बताए ।

सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा,जनता आवास कार्यक्रम, अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस