प्रदेशसभा सदस्य लामिछानेको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशसभा सदस्य लामिछानेको निधन


३१ बैशाख २०७५, सोमबार


भक्तपुर । प्रदेश ३ का सांसद हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

२०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन १ (ख) बाट निर्वाचित लामिछाने नेकपा एमाले जिल्ला कमिटीका सचिव पनि थिए । उनकी श्रीमती, एक छोरा र तीन छोरी छन् ।

उनको अन्तिम संस्कार आज साँझ गरिने नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस