यातायात नचलाउने व्यवसायीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यातायात नचलाउने व्यवसायीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात सञ्चालन नगर्ने यातायात समितिलाई कारबाही गर्न निर्देशन दिए ।

गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई आज निर्देशन दिए । उनले आवश्यक परे यातायात समितिका पदाधिकारीलाई समेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

आवश्यकतानुसार यातायात समितिको नाममा रहेको रकमबारे समेत छानबिन अघि बढाउन पनि उनले निर्देशन दिए ।

सरकारले ‘सिण्डिकेट’ अन्त्य गर्न यसअघि गैरसरकारी संस्थाका रुपमा दर्ता हुँदै आएका यातायात समितिको दर्ता तथा नवीकरण नगर्ने र उनीहरु कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका यातायात समितिले आज देभरभर समितिका यातायात सञ्चालनमा रोक लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस