पोल खुल्ने डरले यसरी भगाइयो गोरेलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोल खुल्ने डरले यसरी भगाइयो गोरेलाई


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Police

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाले विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ ।

२० पुस ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन डिआइजी नवराज सिलवालको टोलीले उक्त सुन बरामत गरेको थियो भने त्यतिवेला निरौला विमानस्थलको सुरक्षा गार्ड प्रमुख थिए ।

घटनामा संलग्न भएको भन्दै सुरक्षा गार्ड उपप्रमुख एसएसपी श्याम खत्रीलाई सिआइबीको टोलीले समाते पनि निरौला भने जोगिएका थिए ।

सिआइबीले त्यसवेला गरेको अनुसन्धानले पनि उक्त सुन गोरेकै रहेको देखाएको थियो । सिआइबीले गोरेलाई फरार सूचीमा राखेको थियो । उक्त तस्करी काण्डमा गोरे अझै सिआइबीको फरार सूचीमा छन् ।

गृह स्रोतका अनुसार उक्त सुन विमानस्थलका तत्कालीन डिआइजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतको सेटिङमा तस्करी गरिएको थियो ।

निरौला र खत्रीसँगै एसपी खनाल र डिएसपी राउत पनि विमानस्थलमै कार्यरत थिए । गोरे पक्राउ परे त्यसवेलाको पोल खुल्ने र सबैजना फसिने डरले साढे ३३ किलो सुन काण्डमा पनि सूचना चुहाएर गोरेलाई भगाएको गृह स्रोतको दाबी छ ।

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ?

२० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्‍यो ।

उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।

तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए ।

यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी ग¥यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी गरिएको थिएन । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस