प्रहरी संगठन सिध्याउने किराहरु फाल्ने क्रम सुरु भइसक्यो : प्रहरी महानिरीक्षक खनाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी संगठन सिध्याउने किराहरु फाल्ने क्रम सुरु भइसक्यो : प्रहरी महानिरीक्षक खनाल


१३ बैशाख २०७५, बिहिबार


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई नै कमजोर बनाउने र वदनाम गर्ने किराहरुलाई फाल्ने क्रम सुरु भइसकेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणमा पुगेका खनालले जनताले महसुस गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको र यसलाई निरन्तरता दिइने बताए । अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा आफुले निर्देशन दिइसकेको उनले बताए ।

पत्रकारसँग कुरा गर्दै खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए । उनले प्रहरी संगठनलाई बद्नाम गर्ने त्यस्ता किराहरुलाई फाल्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस