एक सचिवलाई पूरै गाउँपालिका जिम्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक सचिवलाई पूरै गाउँपालिका जिम्मा


६ बैशाख २०७५, बिहिबार


हुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका परेका उजुरीमध्ये ३३ प्रतिशत फछ्र्योट भएको छ ।

यहाँ आज आयोजित‘भ्रष्टाचार नियन्त्रण तथा सुशाशन प्रवद्र्धन’ विषयको अन्तक्र्रियामा आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जिल्लामा ५३ उजुरी परेकामध्ये १९ वटा फछ्र्योट भएको र अन्य उजुरीमाथि अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिए ।

प्रजिअ माधवप्रसाद ढुंगानाले जिल्लामा भ्रष्टाचार निर्मूल पार्न आजैदेखि थालनी गरिने बताए । फरक प्रसंगमा प्रजिअ ढुंगानाले जिल्ला प्रशासन कार्यालयमा एक जना नायब सुब्बा र २५ जनाको दरबन्दीमा एउटा सहायक कर्मचारी मात्र रहेको गुनासो गरे ।

कार्यक्रममा आदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले एक जना सचिवले मात्र पूरै गाउँपालिका हेर्नुपरेको छ भने । रासस

प्रतिक्रिया दिनुहोस