३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्डिकेट: अवरोध गरे दर्ता खारेज !

अ+ अ-

काठमाडौं । सरकारले यातायात क्षेत्रमा सिन्डिकेट लाद्न खोज्ने यातायात व्यवसायी विरुद्ध पेलेर नै अघि बढ्ने रणनीति सारेको छ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू–फ्रि देखि अनिश्चितकालिन हडतालसम्मका आन्दोलन घोषणा गरेसँगै सरकारले आन्दोलन र हडतालमा उत्रिने यातायात व्यवसायीको दर्ता खारेजीसँगै निलम्बन गर्नेसम्मका रणनीति अपनाउने भएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले यातायात व्यवसायी बन्द तथा हड्तालमा दर्ता खारेजी गरेर नै अघि बढ्ने बताएका छन्।

‘अत्यावश्वक सेवा ऐन,२०१४ अनुसार सार्वजनिक यातायात बन्द तथा हडताल गरेर अवरोध गर्न पाइदैन,’ उनले भने,‘अवरोध गर्नेलाई दर्ता खारेजी तथा निलम्बन गरेर कानुनी दायरामा ल्याइनेछ।’ विभागले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका सवारीसाधनको पञ्जीकरण गरेर मात्रै सवारीको रुट इजाजत दिने व्यवस्था कायम गरेका छौँ ।

पञ्जीकरण नभएका सवारीसाधनको सवारी हेरफेर दर्ता तथा नयाँ रुट पाउँदैनन्। यातायात अधिकारकर्मी रामबहादुर थापाले सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेसँगै कडाईपूर्वक कार्यान्वयनमा लैजानुपर्ने बताउँछन्।

‘गैरसरकारीसस्था जस्तै दर्ता भएका यातायात संघ समितिको दर्ता तथा नविकरण रोक्का गरेर मात्रै हुदैंन,’ उनले भने,‘कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नहुने सार्वजनिक सवारीसाधनको रुटपर्मिट नविकरण, जाँचपास, सवारी नामसारी र राज्यले उपलब्ध गराउने सम्पूर्ण रोक्दा गरेर अघि बढ्नुपर्ने देखिन्छ । नत्र यातायात व्यवसायीले चोरबाटोबाट सरकारलाई अप्ठेरो पार्न सक्छन्।’

प्रतिक्रिया दिनुहोस