१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोज पुनको अपराधमा माओवादी र युवा संघकै साथ

अ+ अ-

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको पाइएको छ।

रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल ’बलु’ हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको खबर आजको नागरिक दैनिकमा खबर छ ।

पुनका अपराधिक गतिविधिमा संलग्न ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो।

प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह ६ का रोशन खड्का र देवदह ५ का तुलसी न्यौपानेलाई सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरुले पुनलाई फोन तथा अन्य प्रविधि मार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा पाँचै जनाको संलग्नता शुरु देखि नै रहेको पाइएको छ। ‘उनीहरुले आफ्नै साथीभाइको हत्या गर्न विवरण उपलब्ध गराउने, त्यसबापत मोटो रकम लिने र सडकमा पीडीतको पक्ष बनेर बाटो बन्द गर्न पनि जाने गरेको पाइयो’–एसपी ज्ञवालीले भने।

मनोज पुनको समूहले २०७३ को पुसमा तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २०७४ को पुसमा युवा संघका नेता तथा फर्निचर व्यवसायी वसन्त पौडेल बलुको हत्या गर्नुका साथै जिल्लाका उद्योगी व्यवसायीमाझ चन्दा आतङ्क मच्चाउनुका साथै ज्यान मार्ने धम्की दिने गरेका थिए।

साथै भारतीय अपराधी विट्टु सिंहसँग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग र्पुयाएको प्रहरीको आरोप छ। ती सबै घटनामा बुधबार पक्राउ परेकाहरुको संलग्नता खुलेको छ।
रुपन्देहीका हत्या र चन्दा आतंकका घटनामा मनोज पुनको समूहलाई सघाउने अरु केही व्यक्तिहरु पनि छिटै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए। ‘अरु केही वरिष्ठ व्यक्तिहरुले पनि मनोज पुनको अपराधलाई सघाएको पाइएको छ,’उनले भने, ‘हामीले निगरानीमा राखेका छौं, छिटै पक्राउ गरेर सार्वजनिक गर्छौं।’

कुख्यात डन मनोज पुन र सोम आले गत फागुन ९ गते प्रहरी इन्काउण्टरमा देवदहमै मारिएका थिए।

दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा संलग्न लमजुङ्गको भोर्लेटारका विवेक भनिने सुवास गुरुङ, श्याम बहादुर गोङ्बे, शालिकराम चापागाईं, पारस भट्टराई, पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलगायत १८ जना पक्राउ परिसकेका छन्। तीमध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानका क्रममा छन्।

प्रतिक्रिया दिनुहोस