तलव खाएपछि जनताको सेवामा समर्पित हुनुहोस् : मन्त्री मगर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तलव खाएपछि जनताको सेवामा समर्पित हुनुहोस् : मन्त्री मगर


५ बैशाख २०७५, बुधबार


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले कर्मचारीहरुलाई जनताले तिरेको करबाट तलब खाएपछि जनताको सेवमा समर्पित हुन पनि आग्रह गरेकी छन् ।

‘जनताको काम काज सहज रुपमा हुनुपर्छ’, मन्त्री मगरले भनिन्, ‘जनताको सेवामा अवरोध पुग्ने कुनै पनि गतिविधि हुनुहुँदैन । त्यसका लागि कर्मचारीहरु जनसेवामा मनैदेखि केन्द्रीत हुनु पर्छ ।’

वर्तमान अवस्था विगतको भन्दा फरक रहेको भन्दै मन्त्री मगरले जनताले गरेका अपेक्षा पुरा गर्न तर्फ आफ्नो मन्त्रालय केन्द्रीत हुने बताइन् । ‘सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन् ।

जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामुहिक रुपमा लाग्नुपर्ने मगरले बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस