सिन्डिकेट खारेजको विरोध गर्दै यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्डिकेट खारेजको विरोध गर्दै यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा


५ बैशाख २०७५, बुधबार


काठमाडौं । सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारको कदमप्रति आपत्ति जनाउँदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले आफुहरुका माग पुरा नभएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने चेनावनी दिएको छ । वैशाख २१ गतेदेखि महासंघले आन्दोलन गर्ने घोषणा गरेको हो ।

महासंघले चरणबद्ध रुपमा आन्दोलन गर्दै वैशाख २७ देखि अनिश्चितकालीन यातायात बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस