वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडा कार्यालयमा लगाएको तालाबन्दी खुल्यो


५ बैशाख २०७५, बुधबार


बैतडी । बैतडीको सुर्नया गाउँपालिका–१ मा विगत आठ दिनदेखि गरिएको तालाबन्दी आज खोलिएको छ । सुनर्या गाउँपालिका–१ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै केही राजनीतिक दलका स्थानीय प्रतिनिधिले विज्ञप्ति जारी गर्दै गत चैत २७ गते तालाबन्दी गरेका थिए ।

साबिककोे हटैराज गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अबउपरान्त योजना निर्माणका काममा बाधा नपु¥याउने तथा निर्माणका काम सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष कलशबहादुर चन्दले जानकारी दिए । सर्वपक्षीय तथा सर्वदलीय उक्त बैठकले स्थानीयवासीले राखेको मागको सम्बोधन गर्ने गरी सहमति भएको जनाएको छ । यसअघि गत चैत २७ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गर्नाका साथै विकास निर्माणका काममा समेत उनीहरुले अवरोध पु¥याएका थिए ।

सुर्नया–१ हटैराजमा क्रियाशील राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा वडाध्यक्ष कलशबहादुर चन्दले निर्णय एकलौटी गरेको आरोप लगाएका थिए । यता वडाध्यक्ष चन्दले भने वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस