प्रधानमन्त्री ओलीद्वारा सिरहाका दुई बालबालिकाको अभिभावकत्व ग्रहण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा सिरहाका दुई बालबालिकाको अभिभावकत्व ग्रहण


५ बैशाख २०७५, बुधबार


सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले उनीहरुको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन् ।

सिराहाको रामदुलारी मावि कल्याणपुर नगरपालिका–११ का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षीया रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीया छोरा पवन मल्लिक (डोम) लाई ओलीले विद्यालय भर्ना गरेका हुन् । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत प्रदान गरेका छन् ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए । उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस