होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

होटल सोल्टीको क्यासिनोका सञ्चालकसहित ८ पक्राउ


५ बैशाख २०७५, बुधबार


काठमाडौं । नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएको भन्दै प्रहरीले होटल सोल्टीको क्यासिनो माजोङबाट सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सञ्चालक ओम आचार्य, म्यानेजर विनोद श्रेष्ठ, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई र साङगे पासाङ ठकुरी रहेका छन् ।

क्यासिनोमा नेपालीहरु प्रवेश गराइ जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हान्दा जुवा खेलीरहेको अवस्थामा ६ जना जुवाडेसहित संचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथी अनुसन्धान भइरहेको र दोषी देखिएमा कानुनअनुसार कारवाही प्रक्रिया अगाडी बढाइने महानगरीय प्रहरी परिसरले जनाएको छ । नेपालीलाई क्यासिनोमा प्रतिबन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस