डेढ किलो चरेशसहित वृद्ध पक्राउ « प्रशासन
Logo १४ असार २०७९, मंगलबार
   

डेढ किलो चरेशसहित वृद्ध पक्राउ


५ बैशाख २०७५, बुधबार


कञ्चनपुर । लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । रासस

प्रतिक्रिया दिनुहोस