१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ महिनापछि पाइपबाट पेट्रोल

अ+ अ-

काठमाडौं । बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । आजको नयाँ पत्रिकाले लेखेको छ –भारतबाट आयातीत पाइप वेल्डिङ गरी खाडलमा हाल्ने काम भने मंगलबारबाट सुरु भएको छ ।

प्रजिअले गरे शिलान्यास
मंगलबार सिमरामा आयोजित एक कार्यक्रमका बीच बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप गाड्ने कामको शिलान्यास गरे ।

जितपुर–सिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्ने कार्य सुरु गरिएको थियो । आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कामको मानन्धरले प्रशंसा गरे ।

पाइप वेल्डिङ गर्ने क्रम जारी
निर्माणस्थलको माटो परीक्षणपछि भारतमा निर्माण गरिएको औसत साढे ११ मिटर लम्बाइका पाइप वेल्डिङ गरी जोड्ने कार्य पनि सँगसँगै चलिरहेको छ ।

पाइपको मोटाइ १०।७५ इन्च रहेको छ । पाइप लाइनको गहिराइ साढे २ मिटर रहने छ । तर, खोला तथा अन्य केही भागमा आवश्यकताअनुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

१५ महिनामा सक्ने लक्ष्य
रक्सौलदेखि बाराको अमलेखगन्जसम्मको ३६।२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी ‘लिखिथा इन्फ्रास्टक्चर प्रालि’का प्राविधिकहरूले पाइपलाइन विस्तारको काम गरिरहेका छन् ।

नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजनाविज्ञ शरदकुमार पौडेलले पाइपलाइन विस्तार कार्य आगामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिए ।

नेपाल र भारतमा गरी तीन सयभन्दा बढी प्राविधिकले एकसाथ काम गरिरहेकाले निर्धारित समयमै काम सकिने नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगन्जका डिपो प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।

प्रतिक्रिया दिनुहोस