१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक भिसामा नेपाल आएका विदेशी व्यापार गर्दै

अ+ अ-

पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा) मा नेपाल आएका विदेशीहरूले पोखरा, ललितपुरको पाटन, काठमाडौंको ठमेल, नगरकोट, वसन्तपुर र पशुपतिनाथ क्षेत्रमा लुकीछिपी खुद्रा व्यापार÷व्यवसाय गर्दै आएको पाइएको छ। आजको अन्नपुर्ण पोष्टले लेखेको छ–व्यापार गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ धेरै छन्।

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र समेत चिनियाँहरूले टेबल कुर्सी राखेर खुद्रा पसल चलाउँदै आएका छन्। ती चिनियाँ पर्यटकले गौशालाबाट पशुपतिनाथ मन्दिर छिर्ने मुख्य प्रवेशद्वारभित्र बाटामा नै टेबल कुर्सी राखेर नक्कली गरगरहना बेच्दै आए पनि न त पर्यटक प्रहरीको आँखा परेको छ न पशुपति क्षेत्र विकास कोषको।

पशुपति क्षेत्रमा गत शनिबार बाटामा निर्धक्क व्यापार गरिरहेका केही चिनियाँ भेटिए। उनीहरूले व्यापार गरिरहेको ठाउँबाट करिब सय मिटरमा गौशाला प्रहरी वृत्त छ। पशुपति क्षेत्र विकास कोषका सुरक्षाकर्मीसमेत चौबिसै घण्टा अवैध र गैरकानुनी गतिविधि नियन्त्रण गर्न गस्ती गरिरहे पनि चिनियाँ व्यापारीलाई देख्दैनन्। उनीहरूबारे सामान्य सोधखोज समेत गरेनन्।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले पशुपति क्षेत्रमा पसल राख्ने केही विदेशी केही साताअघि हटाएको दाबी गरे। उनले भने, ‘त्यस्ता विदेशीमाथि निगरानी बढाएका छौं। देख्नासाथ पक्रन निर्देशन दिएका छौं।’

केही समयअघि ललिपुरको पाटनमा भिक्षुको भेषमा माला बेच्दै आएका चिनियाँलाई पर्यटक प्रहरीले पक्रेको थियो। ती चिनियाँले फेरि यस्तो नगर्ने बताएपछि छाडिएको थियो। विदेशी पर्यटक खासगरी चिनियाँहरूले पशुपति क्षेत्रमा रुद्राक्ष, नक्कली गरगहना, मोबाइल, घडीलगायत सामान बेच्दै आएका छन्।

चिनियाँहरू खुद्रा व्यापारी र भिक्षुको भेषमा देखिए पनि उनीहरूका गतिविधि शंकास्पद हुन सक्ने गृह मन्त्रालयका एक अधिकारीले आशंका व्यक्त गरे। अध्यागमन विभागले भने त्यसरी अवैध रूपमा काम गर्ने विदेशी तत्काल पक्रन निर्देशन दिएको छ।

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले त्यसरी अवैध काम गर्ने विदेशी पक्रन बारम्बार निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘कुनै पनि विदेशी पर्यटकलाई काम गर्ने छुट छैन। उनीहरूलाई अन द स्पट पक्रन निर्देशन दिएको छु।’

पर्यटक प्रहरीले त्यस्ता अवैध व्यापार गर्ने विदेशी पर्यटक पक्रन सकेको छैन। भृकुटीभण्डपस्थित पर्यटक प्रहरी युनिट प्रमुखसमेत रहेकी प्रहरी निरीक्षक रूपा थापाले पर्यटकीय स्थलमा अवैध व्यापार गर्ने कुनै विदेशी भेटिए तत्काल पक्रने गरिएको जानकारी दिइन्।

‘पक्राउ पर्ने विदेशीलाई आइन्दा त्यस्तो कार्य नगर्ने कबुल गराइ छाडछौं’, उनले भनिन्, ‘कतिलाई अन द स्पट सम्झाउने गरेका छौं।’ पर्यटक प्रहरीका अनुसार गत महिनामा त्यस्ता व्यापार गर्ने ४ जना चिनियाँ पर्यटक पक्राउ गरिएको र अन्य दर्जनौं विदेशीलाई सचेत गराइएको छ।

पोखराको लेकसाइडमा समेत साँझपख विदेशीले सडकमा घडी, पुस्तक, विभिन्न धातुका माला बेच्ने गरेका छन्। पोखरामा त्यसरी गर्नेमा अफ्रिकी र चिनियाँ छन्।

प्रतिक्रिया दिनुहोस