अपराध अनुसन्धान महाशाखा प्रमुखमा धिरजप्रताप सिंह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अपराध अनुसन्धान महाशाखा प्रमुखमा धिरजप्रताप सिंह


४ बैशाख २०७५, मंगलबार


काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहले पाएका छन् । गृह मन्त्रालयले सिंहलाई उक्त जिम्मेवारी दिएको हो ।

३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई प्रहरी मुख्यालय तानिएपछि उक्त ठाउँमा सिंहलाई गृहले खटाएको हो ।

सिंहले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने छन् । उनी यस यसअघि अञ्चल कार्यालय वागमतीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस