पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ


४ बैशाख २०७५, मंगलबार


दमौली । तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारी विहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुगेका छन् । गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुगेका अुन । उनले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हालेका छन् ।

तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो । प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो । प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले बताए । तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उनले गरे । यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस