कटुवा पेस्तोलसहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कटुवा पेस्तोलसहित पक्राउ


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


नेपालगन्ज । बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार सार्वजनिक गरिएको छ ।

नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो ।

आरोपीबाट प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए । कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस