३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको निर्देशन मान्नैपर्ने बाध्यता नभएको भन्दै दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमणमा

अ+ अ-

काठमाडौं । विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्।

नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। आजको नागरिक दैनिकले लेखेको छ –थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन्। उनले टेकबहादुर गुरुङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। उनले गुरूङलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको पत्रमा आफू काम विशेषले काठमाडौं बाहिर जानुपर्ने भएको लेखेका छन्। तर पत्रमा भ्रमण कार्यालय प्रयोजनका लागि हो या व्यक्तितगत प्रयोजनका लागि हो भन्ने खुलाइएको छैन। तर स्रोतका अनुसार उनी कार्यालय प्रयोजनका लागि मोरक्को गएका हुन्। कृषि वैज्ञानिक तथा प्राविधिक सबै कृषि अनुसन्धानका नाममा धमाधम विदेश जाने गरेका छन्। ती भ्रमण कति फलदायी भए भन्ने मूल्यांकन भने हुन सकेको छैन।

फागुन र चैतमा विदेश भ्रमण गर्ने वैज्ञानिकहरूमा लुमा पाण्डे, कमल साह, सुध सापकोटा, रेणुका श्रेष्ठ, शुक्रराज श्रेष्ठ, ध्रुवबहादुर थापा, शेषराम उपाध्याय, सुरज बैद्य, मनोज साह, टेकबहादुर गुरूङ, आनन्द गौतम, घनश्याम मल्ल, रामप्रसाद घिमिरे, प्रमिल केसी, मनीषकुमार ठाकुर, अमृत पौडेल, भोजन खनाललगायत छन्।

यसैगरी विदेश भ्रमण गर्ने कृषि प्राविधिकमा शिवहरि घिमिरे, बञ्जराज बराल, गौतम श्रेष्ठ, रीता आङदम्बे, शेषराज उपाध्याय, ध्रुव भट्टराई, शिवराम अर्याल, आंशिक राजभण्डारी, रामचन्द्र मिश्र, राजकुमार झा, दिनानाथ तिवारी, अशोक राणा, कृष्णदेव अधिकारीलगायत छन्। धेरैजसो चीन, भारत, मोरक्को, थाइल्यान्ड, अस्टेलिया, नेदरल्यान्ड, फिलिपिन्स, केन्यालगायत देशमा गएका छन्।

निमित्ति कार्यकारी निर्देशक गुरूङले नार्क स्वायत्त संस्था भएको र यस्तो निकायले प्रधानमन्त्रीको निर्देशन मान्नैपर्ने बाध्यता नभएको बताए। उनले भने, ‘नार्क स्वायत्त संस्था भए पनि प्रधानमन्त्रीको निर्देशन उल्लंघन नगरौं भन्ने हाम्रो मनसाय हो तर काम परेपछि भ्रमण गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस