३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग,रहस्य केही दिनमै बाहिर आउने

अ+ अ-

काठमाडौं । पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए । आजको नयाँ पत्रिकाले लेखेको छ ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन् । प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन् । ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने । एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।

२५ चैत बिहान २ बजे शौचालय जाने वेला गोली प्रहार गरिएको थियो । घटनास्थलबाट प्रहरीले सेतो कागजमा कम्प्युटर टाइप गरेको एउटा सानो पर्चा मात्रै भेटेको जनाएको छ । त्यसमा उनीमाथि धार्मिक आक्षेप लगाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए ।

‘घटनामा संलग्न व्यक्ति र कारण पत्ता लगाउन परिचालित संयुक्त टोलीले प्राविधिक अनुसन्धान जारी राखेको छ । केही दिनमै रहस्य बाहिर आउनेछ,’ उनले भने । उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस