कर्णालीको विकासका लागि आधुनिक ढंगले बस्ति विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णालीको विकासका लागि आधुनिक ढंगले बस्ति विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली


२ बैशाख २०७५, आइतबार


सुर्खेत । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहांको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए । ‘कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ’ ओलीले भने, ‘तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।’ कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीस“ग नजोडिएकोले उत्तरी छिमेकस“ग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहा“को भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताए । ‘समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुले अगुवाइ गर्नुहोस’ ओलीले भने, ‘यहांको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ ।’

मध्यपश्चिम विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशत भन्दा बढी प्रँविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिएका छन् । कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल, विश्व विद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गीरीराजमणी पाखे्रल, पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस