पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौं भिड्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौं भिड्दै


३० चैत्र २०७४, शुक्रबार


धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच खेल भइरहेको छ ।

२५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो ।

बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौं गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौंलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो ।

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले १० लाख पुरस्कार प्राप्त गर्नेछ ।
रासस

प्रतिक्रिया दिनुहोस